परिचय

तारा गाउँ विकास समिति, विकास समिति ऐन २०१३ बमोजिम वि.सं.२०३४ सालमा स्थापित एक पुरानो संस्था हो । समितिले आफ्नो स्थापनाकाल देखि नै सहर केन्द्रीत नेपालको पर्यटन व्यवसायलाई अथाह सम्भावना बोकेको ग्रामीण क्षेत्रतर्फ विकास विस्तार गरी पर्यटनको प्रतिफल ग्रामीण क्षेत्रमा बसोवास गर्ने तल्लो तहसम्म पु¥याई ग्रामीण गरिवी न्युनीकरण गर्ने महाअभियानमा विशेष योगदान पु¥याउने अभिप्राय बमोजिम ग्रामीण पर्यटन प्रबद्र्धन सम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल सरकारको पूर्ण स्वामित्व रहेको यस समितिले पर्यटनसम्बन्धी सरकारको उद्देश्य प्राप्तिका लागि काम गर्दै आएको छ । मूलतः ग्रामीण जनताको सहभागितामा नेपालको पर्यटन उद्योगलाई गाउँ–गाउँमा विस्तारगरी त्यसबाट प्राप्त प्रतिफल विपन्न तथा सीमान्तकृत जनतामा पु¥याउने सरकारको लक्ष्यलाई सघाउ पु¥याउन समिति क्रियाशील छ । तारा गाउँ विकास समितिको पहलमा नेपाली कला, संस्कृति र सौन्दर्य अन्तर्राष्ट्रिय क्षेत्रमा प्रबद्र्धन गर्ने, पर्यटकीय जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने , पर्यटकीय सेवालाई गुणात्मक बनाउन तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्ने , सम्भाव्य ग्रामीण पर्यटकीय स्थलहरूको अध्ययन अनुसन्धान गर्ने  , ग्रामीण पर्यटन पूर्वाधारको विकास र  विस्तार गर्ने लगायत गतिविधिहरू भइरहेका छन् । समिति पछिल्ला केही दशकदेखि ग्रामीण पर्यटनको एक अभिन्न अङ्गको रूपमा नेपालमा विकास र विस्तार भैरहेको होमस्टे  (घरवास) पर्यटनको प्रबद्र्धनमा विशेष भूमिकासहित क्रियाशिल छ । हाल मुलुकभर  करीब साँढे दुई सय होमस्टेहरू सञ्चालन भैसकेका छन् । सुखि नेपाल, समृद्ध नेपालको पवित्र नारालाई आत्मसाथ गर्दै ग्रामीण जनताको आर्थिक स्थिति उकास्न र उसको माध्यमद्धारा नै नेपाली संस्कृति विश्व सामु चिनाउनु पनि समितिको मुल उद्धेश्य हो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पारी यसलाई पर्यटन विकासको आधार वर्ष मान्दै आफ्नो गतिलाई अघाडि बढाउने लक्ष्य हो ।