परिचय

image description

तारा गाउँ विकास समिति, विकास समिति ऐन, २०१३ बमोजिम तारा गाउँ विकास समिति (गठन) आदेश अनुसार २०३४ सालमा स्थापना भएको हो । तारा गाउँ विकास समिति, नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको विकास समिति हो । तारा गाउँ विकास समिति, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहतमा रहेको छ ।
ग्रामीण जनताहरुको व्यापक सहभागितामा नेपालको पर्यटन उद्योगलाई ग्रामीण क्षेत्रसम्म विकास विस्तार गरि सघन एवं समन्वयात्मक ढंगबाट पर्यटन क्षेत्रको प्रवद्र्घन गरी प्रत्यक्ष अप्रत्यक्ष रुपले पर्यटनको प्रतिफल ग्रामीण जनता सम्म पु¥याई ग्रामीण गरीवीलाई न्युनिकरण गर्ने लक्ष्य अनुसार समिति विगत लामो समय देखि पर्यटन क्षेत्रमा कार्यरत छ । तारा गाउँ विकास समितिको कार्यलाई सामाजिक सेवा र पर्यटन विकासको एक अनुकरणीय मोडेलका रुपमा विकास गर्ने नीति नेपाल सरकारको दशौं योजनाले अख्तियार गरे  अनुसार समितिका गतिविधिहरु त्यस तर्फ परिलक्षित गरिएका छन् ।

 

image description