नेपालको भौगोलिक विविधता, मनोहर हिमश्रृंखलाको अनुपम प्राकृतिक सौन्दर्य, अपार जैविक स्रोत, धार्मिक सहिष्णुता, आत्मीय आतिथ्य जस्ता अन्तरनिहित विशेषताका कारण विभिन्न राष्ट्रका पर्यटकहरु आकर्षित हुँदैआएको कुरा सर्वविदित छ ।
नेपालमा पर्यटन उद्योगको विकास करीव चारदशक अघिदेखि क्रमिकरुपमा विकसित हुँदै हाल आएर यसले महत्वपूर्ण उद्योगका रुपमा प्रतिस्थापन भई प्रत्यक्ष लाभको रुपमा विदेशी मुद्रा आर्जन गरी देशको अर्थतन्त्रलाई मजबुत गर्नमा टेवा पुऱ्याउने र रोजगारको व्यवस्था गरी देशमा गरीबी हटाउनमा समेत मद्दत पुऱ्याउँदै आएको हामी सबैले महशुस गर्दै आएको कुरा हो ।
हालको पर्यटनको विकासको विकसित अवस्था चारदशक अघिकापर्यटनविदहरुको परिकल्पनाको देन हो भन्नमा अत्युक्ति नहोला । यसैगरी वि.सं. २०१९- २०२० सालतिरको कुरा हो यस्तै परिकल्पनाको प्रादुर्भाव । तत्कालीन वर्गीय संगठनहरु मध्येको छुट्टै अस्तित्व राख्ने श्रीमती अंगूर बाबा जोशीज्यूको अध्यक्षतामा गठित 'नेपाल महिला संगठन' काठमाडौं जिल्ला समितिका निस्वार्थ समाज सेवामा समर्पित भएका महिला समूहले काठमाण्डौं उपत्यकाभित्र रमणीय हिमाली दृश्य देखिने स्थलमा ५०/६० वटा ग्रामीण वातावरण र नेपाली संस्कृति झल्कने घरहरु निर्माण गरी पर्यटकस्तरीय होटलको रुपमा संचालन गर्ने परिकल्पनालाई साकार रुप दिने उद्देश्य लिई अगाडि बढेको थियो । उक्त समितिले गर्दै आएको रचनात्मक कार्यहरुबाट प्रभावित भइबक्सी तत्कालीन श्री ५ अधिराजकुमारी तारा राज्यलक्ष्मी राणाबाट चन्दा स्वरुप बक्सेको रकमबाट अब्बल दर्जाको बिउका रुपमा ब्यापारमा लगानी गर्नुका साथै नेशनल ट्रेडिङ्ग लिमिटेडको अधिकृत बिक्रेताका रूपमा रही ब्यापारिक कारोवारबाट एकातिर उपभोक्ता बजार मूल्य स्थिर गर्नमा मद्दत पुऱ्याउन सक्षम रह्यो भने अर्कोतर्फ उक्त संगठन आफू पनि आर्थिक रुपले सक्षम भयो । राष्ट्रको पर्यटन उद्योगको विकास गर्ने पूर्व कल्पना, परिकल्पनाअनुरुप होटल संचालन गर्न बौद स्थित जग्गा अधिग्रहण गरिदिन श्री ५ को सरकारमा अनुरोध भएअनुसार ३४७ रोपनी जग्गा अधिग्रहण गरियो। संगठनका स्वयंसेवीकाहरुको निस्वार्थ सेवाका रूपमा गरिएको व्यापारबाट आर्जन भएको मुनाफामध्येबाट उक्त जग्गाको मुआवजा वितरण गरी उक्त जग्गा त्यस संगठनले आफ्नो स्वामित्वमा लिन सफलता प्राप्त गन्यो ।
केही रकम व्यापारिक कारोवार र केही रकम नेपाल औद्योगिक विकास निगमबाट ऋणस्वरुप उपलब्ध गरी पहिलो चरणको रिसोर्ट होटेलका रुपमा संचालन गर्न छुट्टाछुट्टै १६ वटा कोठाका भवनहरु तयार गरी २०३१ साल आश्विन ९ गते स्वर्गीय श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह सरकारका वाहुलीबाट उक्त रिसोर्ट होटेलका समुद्घाटन भई पर्यटक स्तरीय रिसोर्ट होटलको रुपमा शुभारम्भ एवं संचालन हुनथाल्यो । उक्त प्रत्येक भवनमा दुई जनाका लागि विच्छ्यौनाहरु, ग्रामीण तरिकाको एउटा विश्राम स्थान, एउटा आधुनिक सानो भान्छा र स्नानगृहको अतिरिक्त बाहिरपट्टि सानो मनमोहक हरियो दुबोले ढाकेको आँगन पनि रहेको छ ।
एकातिर उक्त रिसोर्ट होटलले विभिन्न राष्ट्रका पर्यटक पाहुनाहरुलाई यथोचित सेवा पुऱ्याएर नेपालीको आत्मीय आतिथ्यको परिचय दिँदै आएको छ भने अर्कोतर्फ दोश्रो चरणको उच्चस्तरीय तारा गाउँ सांस्कृतिक पर्यटन केन्द्र योजनाको परिकल्पना गरी यसमा देशको विविध भौगोलिक क्षेत्रहरुको सांस्कृतिक एवं कलात्मकताको प्रतिनिधित्व हुने गरी हिमाली क्षेत्रको शेर्पा समुदायको संस्कृति तथा वास्तुकला झल्कने गरी शेर्पा गाउँ, पहाडी क्षेत्रको परम्परागत गुरुङ्ग संस्कृति प्रस्तुत गर्ने गोरखा गाउँ, मधेस फाँट तर्फको तराई गाउँ र गहकिलो संस्कृति र कलाका धनी नेवार जातिको संस्कृति देखिने गरी नेवारी गाउँका रुपमा पनि केही भवनहरुसहित मुख्य भवनको रुपमा मन्दिर भवन निर्माण गरी उच्चस्तरीय होटेलको निर्माण एवं संचालन गर्ने योजनाको तर्जुमा गर्नथालियो ।
तारा गाउँको शुरुको परिकल्पनाले जब बृहत राष्ट्र विस्तारित रूप लिदै गयो तब यसको राष्ट्रिय महत्वलाई बुकी यस्तो परिकल्पनालाई यथार्थमा परिणत गर्न नेपाली तर संस्कृति, रीतिरिवाज, आतिथ्य तथा नेपाली रहन विदेशी पर्यटकहरुलाई परिचय गराई उच्चस्तरमा पर्यटन उद्योगको विकास गर्न आवश्यकता महशुस गरी श्रीको सरकारले २०३४ सालमा राष्ट्रको पर्यटन विकासका तारागाउँ विस्तार विकासको अभिभारा एवं जिम्मेवारी संहत विकास समिति ऐन, २०१३ अन्तर्गत तारा गाउँ विकास समिति गठन गन्यो। आफ्नो पवित्र त्याग तपस्या गर्दै तारा गाउँलाई यस स्थितिमा पुयाउने निःस्वार्थ स्वयं सेविकाहरु मध्येका श्रीमती अंगुरबाबा जोशीज्यूको अध्यक्षतामा गठित समितिमा उहाँसहित २ जना महिला र अन्य ५ जना समेत तारा गाउँ विकास समितिमा जम्मा ७ सदस्य रहने व्यवथा छ ।
योजनाको विस्तार विकास गरी निर्माण तथा संचालन व्यवस्थाका लागि २०३० २०३२ र २०३३ साल तिर स्वीटजरल्याण्डको इण्डष्ट्रियल डिभिजन, जापानी संस्था र नेपाली संस्था टेक्नीकल इन्टरसेफ प्रा. लि. द्वारा पूर्व सभाव्यता अध्ययन पनि गराइएको थियो । पछि यस विकास समितिको गठन पश्चात यसलाई थपिएको गहन जिम्मेवारी अनुरुप अझ उच्चस्तरीय पाँचतारे होटेलका रुपमा देशका सबै भौगोलिक क्षेत्रहरुको संस्कृति एवं वास्तुकला झल्कने गरी विकसित गर्न २०४० सालमा तत्कालीन औद्योगिक सेवा केन्द्रबाट विस्तृत संभाव्यता अध्ययन कार्य सम्पन्न गराइएको थियो ।
यो सम्भाव्यता अध्ययन प्रतिवेदन सकारात्मक देखिएको भएतापनि यस किसिमको उच्चस्तरीय होटेल निर्माणका लागि ठूलो धनराशी आवश्यक भएको र यसका लागि आन्तरिक स्रोतबाट व्यवस्था हुन सम्भव नहुने भएकाले अन्तर्राष्ट्रिय संघ, संस्था तथा सरकाहरुबाट लगानीस्वरूप अनुदान एवं ऋण सहयोग उपलब्ध गराउने प्रयास गर्नुपर्ने र यस किसिमको आर्थिक लगानी एवं सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रियस्तरको संस्थाबाट सम्भाव्यता अध्ययन गराउन आवश्यक भएकाले २०४२ सालमा बेलायतको अन्तर्राष्ट्रिय परामर्श दात्री संस्था W.S. Atkins नामक संस्थाद्वारा आर्थिक संभाव्यता अध्ययन एवं सामाजिक अध्ययन गराई त्यसको सकारात्मक प्रतिवेदन प्राप्त भएपछि २०४४ र २०४७ सालमा यसको अद्यावधिकरणसमेत भयो ।
नेपाल पर्यटन उद्योगका विकासमा महत्वपूर्ण अध्ययन थपिने यस क्षेत्रको सबभन्दा बढी दुई भन्दा बढी खर्च गरिने यस अत्याधुनिक सुविधायुक्त ३०० कोठाको अन्तर्राष्ट्रिय पाँचतारे होटलका रूपमा तारा गाउँ सांस्कृतिक पर्यटन केन्द्रको स्थापनाबाट विदेशी मुद्रा बढी आर्जन भई देशको अर्थतन्त्रलाई मजबुत गराउनमा सघाउ पुग्नु साथै सयौं स्वदेशी रोजगारीका अवसरहरु उपलब्ध हुनेछ । ठूलो धनराशीको आवश्यकता भएको यस योजनालाई राष्ट्रिय सातौं पञ्चवर्षीय योजनाकालमा सम्पन्न हुने गरी समावेस भएको भएतापनि समितिको निरन्तर अबक प्रयासबाट पनि विभिन्न कठिनाईले गर्दा उपयुक्त लगानीकर्ता उपलब्ध हुन नसकेका कारणबाट योजना कार्यान्वयनमा ढिलाइ हुनगएको हो ।
शुभघडीको प्रतीक्षामा रहेको यस योजनाको परिकल्पना कायान्वयन हुने शुभ संकेत देखा पर्नथाल्यो । श्री ५ को सरकारले पर्यटन उद्योगलाई दिएको प्राथमिकता, यसले लिएको आर्थिक उदार नीति तथा औद्योगिक विकासमा निजी क्षेत्रको सहभागिता गराउने नीतिसमेतलाई दृष्टिगत गरी पछिल्लो सम्भाव्यता अध्ययनलाई आधार मानी सम्बन्धित विभिन्न सरकारी निकाय एवं संस्थाहरुसँगको औपचारिक तथा अनौपचारिक अनेक बैठक पश्चात निजी क्षेत्रको सह प्रवर्द्धकहरुको सहभागितामा उक्त योजना कार्यान्वयन गर्ने कुरा निश्चित भयो ।
यस आयोजनाको कार्यान्वयनको निमित्त समितिसँग कार्य सम्पन्न गराइएको सह प्रवर्द्धक हुन चाहने व्यक्ति वा कम्पनीहरुबाट विज्ञापनद्वारा खुलारुपमा आवेदन आव्हान गरेअनुसार प्राप्त हुन आएका प्रतिवेदन सकारात्मक निजी क्षेत्रका इच्छुक आवेदकहरुका प्रस्ताव मध्ये होटल याक एण्ड यतीका श्री अरुणकुमार सराफ र आई. सी. टी. सी. का आवश्यक भएको र यसका श्री रामलाल श्रेष्ठको प्रस्ताव बढी आकर्षक एवं उपयुक्त हुन सम्भव नहुने भएकाले देखी सह प्रवर्द्धकका रूपमा छनौट गरियो । यसका मुख्य रकाहरुबाट लगानीस्वरूप कारणहरुमध्ये (१) सर्वसाधारण नेपालीलाई शेयर लगानी गराउने प्रयास गर्नुपर्ने र गराई सहभागी बनाउने (२) विश्वमा नै सर्व श्रेष्ठ होटेल एवं सहयोग उपलब्ध व्यवस्थापन कम्पनीहरुमध्येको एक हायात ईन्टरनेशनल बाट सम्भाव्यता अध्ययन कम्पनीबाट व्यवस्थापन संचालनमा सहभागिता र (३) शेयर नमष्ट्रप लगानी हुने समितिको बौद्धस्थित जग्गाको मूल्य प्रति रोपनी नामक संस्थाद्वारा आर्थिक रु. १० लाख कायम गर्न सहमति भएको यस आयोजनाको • अध्ययन गराई त्यसको कार्यान्वयनको शिलसिलामा हुने निर्माण कार्य र त्यसपछि २०४४ र २०४७ सालमा यसको संचालनको व्यवस्थाको लागि समिति र निजी क्षेत्रका सह प्रवर्द्धकहरु बीच समझदारी पत्र र संयुक्त लगानी सम्झौतामा हस्ताक्षर भई तारा गाउँ रिजेन्सी होटेल्स लिमिटेड
कम्पनीको पनि २०४९ सालमा स्थापना भयो । सम्झौताअनुसार समितिको बौद्धस्थित जग्गा मध्ये १५० रोपनी प्रतिरोपनी १० लाख को दरले कम्पनीमा शेयर का रुपमा लगानी गर्ने र बाँकी जग्गा कम्पनीलाई पट्टामा दिने व्यवस्था छ । शेयर लगानी गरी कम्पनी स्थापना गर्नेबारे मन्त्री परिषद्बाट पनि स्वीकृति प्राप्त भएको छ ।
तारा गाउँ विकास समितिको दीर्घकालीन परिकल्पना अथक प्रयास एवं अठोट र श्री ५ को सरकारको उदार आर्थिक नीति र निर्णय अनुसारको परिणति स्वरुप निजीक्षेत्रसँगको संयुक्त लगानीमा तारा गाउँ सांस्कृतिक पर्यटनकेन्द्र योजनाअनुरुप उच्चस्तरको सुविधायुक्त ३०० कोठाको अन्तर्राष्ट्रिय पाँचतारे भव्य होटेलका रूपमा सफलता साथ निर्माण पूरा भई हायात रिजेन्सी काठमाडौं को नामले तारा गाउँ रिजेन्सी होटेल्स लिमिटेडले संचालन गर्दैआएको छ ।
स्व. श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव सरकारको वरद बाहुलीबाट नयाँ सहश्राव्धीको पहिलो विश्व पर्यटन दिवसको उपलक्ष्यमा २०५७ साल आश्विन ११ गते तद्नुसार २७ सेप्टेम्वर सन् २००० का दिन विशाल समारोहका बीच उक्त होटलको समुद्घाटन कार्यक्रम सम्पन्न गर्ने सौभाग्य पायो ।
समिति गठन भए पश्चात विभिन्न उत्तार चढावको २७ वर्षको लामो अवधि पार गरी उक्त तारा गाउँ सांस्कृतिक पर्यटन केन्द्र योजना सफलतापूर्वक तयार गरी संचालनमा आएपश्चात यस समितिले ग्रामीण पर्यटन विकासका माध्यमबाट सघन एवं समन्वयात्मक ग्रामीण सामुदायिक विकास गरी गरीवी निवारणमा ठोस योगदान पुयाउन विभिन्न पर्यटकीय सम्भावित स्थलहरुको अध्ययन गरिएका स्थलहरुमा समिति, नेपाल पर्यटन बोर्ड, पर्यटन व्यवसायी, सम्बन्धित गा.वि.स. र स्थानीय जनताको संयुक्त सहभागितामा कार्यान्वयन गर्दैजाने थप कार्यक्रमहरु तयार हुँदैछन् ।
तारा गाउँ विकास समिति, संचालक समितिको निर्णयअनुसार समितिलाई कम्पनीको शेयर लगानीबाट हुने अम्दानीको ७५ प्रतिशत देशका विभिन्न क्षेत्रमा पर्यटन उद्योगको लागि उपयुक्त स्थलहरुमा ग्रामीण रिसोर्टहरुको विकास गरी पर्यटन उद्योगको प्रतिफल ग्रामीण निम्नस्तरका जनतासम्म पुऱ्याउनमा लगानी गरिने सावित हुनेछ ।