तारा गाउँ विकास समिति स्वआजर्नमा संचालन भएको तत्कालिन नेपाल सरकारको पूर्ण स्वामित्व भएको संस्था हो । बि.स. २०३४ साल कार्तिक १ गते तत्कालिन सरकारको निर्माण अनुसार विकास समिति ऐन, २०१३ अन्तर्गत "तारा गाउँ विकास समिति गठन आदेश, २०३४ अनुसार" तारा गाउँ विकास समितिको गठन भएको हो । यस पछी २०६१ सालमा उक्त गठन आदेशको पहिलो संशोधन भएको छ । तारा गाउँ विकास समिति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत कार्यरत सरकारी संस्था हो । यस समितिको प्रमुख उदेश्य नेपाली सौन्दर्य, कला र सस्कृतिको बढी भन्दा बढी समन्वयात्मक प्रस्तुति सहित पर्यटकहरुलाई गुणात्मक सेवा एवं रमणीय बनाउंदै उनीहरुलाई बसाई अवधि लम्व्याई स्थानीय जनासाहभागितामा ग्रामिण पर्यटनको माध्यमबाट विभिन्न सामुदायिक विकास कार्यक्रमहरुद्वारा ग्रामिण नेपाली जनताको जीवनस्तर उठाउन सहयोग पुर्याउनु रहेको छ ।
तत्कालिन नेपाल महिला संगठन काठमाडौँ जिल्ला कार्यसमितिले दिर्घकालिन बहुउदेश्यीय आयोजना संरचानार्थ तत्कालिन नेपाल सरकारको पहलमा काठमाडौँ बौद्धस्थित जग्गाहरु अधिग्रहण गर्ने काम भएको २०३२ सालमा वर्गीय संगठनहरु खारेज भएपछि तारा गाउँ प्रा.ली. मा रुपान्तरण हुँदै वि.सं. २०३४ मा स्थापित तारा गाउँ विकास समितिको गठन आदेश, २०३४ र प्रथम संशोधन २०६१ अनुसार यस समितिको कार्य क्षेत्र देहाय बमोजिम रहेको छ :
- नेपाल अधिराज्यमा आउने विदेशी पर्यटकहरुलाई नेपाली, कला, संस्कृति र रहनसहन सित बढी परिचित तुल्याउन नेपाली शैलीका आवासगृह , चमेनागृह र अन्य आवश्यकीय भवनहरु स्थापन र संचालन गर्ने ।
- विदेशी पर्यटकहरुलाई नेपाल अधिराज्यको विभिना भागमा प्रचलित नेपालि संस्कृति रीतिरीवाजको जानकारी गराउने ।
- विदेशी पर्यटकहरुलाई नेपालको अतिथ्य, मैत्री र सदभावनासित परिचित तुल्याउने ।
- विदेशी पर्यटकहरुलाई नेपाल र नेपालीपनको परिचय गराई नेपालप्रति अन्तराष्ट्रिय मैत्री र सदभावना जगाउन प्रयत्न गर्ने ।
- ग्रामीण पर्यटन उद्योगको विकास तथा विस्तारको लागि नेपाल पर्यटन बोर्ड वा सरकारी वा सम्बन्धित स्थानीय निकायसंग समन्वयन गरी आवश्यक काम गर्ने ।
- ग्रामिण क्षेत्रमा पर्यटन व्यवसाय संचालन गर्न अन्तरक्रिया , गोष्ठी तथा चेतनामुलक कार्यक्रमहरु संचालन गर्ने ।
- समितिको वार्षिक योजना र कार्यक्रम स्वीकृत गरी कार्यन्वयन गर्ने ।
- तारा गाउँ विकास तथा संचालनको लागि अन्य कार्यहरु गर्ने ।
दशौ पन्चवर्षीय योजनामा "तारा गाउँ विकास समितिको कार्यलाई पर्यटन व्यवसाय र सामाजिक सेवाको एक अनुकरनिय मोडलको रुपमा विकास गरी कार्यान्वयनमा गरिने" भनि उल्लेख भएबाट नेपाल सरकारले यस समितिलाई पर्यटन क्षेत्रमा क्रियाशील भइ समाज परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याउने आशा एवं विश्वास गरेको देखिन्छ । समिति गठन हुँदाको समयमा तत्कालिन गृह पंचायत मन्त्रालयबाट पुँजी रु, २,१२,४८०/२५ र तत्कालिन तारा गाउँ प्रा.लि. बाट रु. ८,९२,५३८/५१ पुँजी हस्तान्तरण भएको थियो ।रु २३,५२,२३८/६८ बराबरको जायज्यथा भएको तथ्य आ. व. २०३४/०३५ को वासलातबाट देखिन आउँछ। यसै गरेर दायित्व तर्फ नेपाल औद्योगिक विकास निगमलाई साँवा रु. १०,०५,०१२/३१ र तिर्नु पर्ने अन्य दायित्व समेत जम्मा रु. १५,४८,४४९/६१ सरेर आएको थियो ।तारा गाउँ विकास समितिको गठन पश्चात नेपाल सरकारको संरक्षण र सहयोग एवं तत्कालिन संचालक समितको प्रतिबद्धता सहित तारा गाउँलाई " सानो नेपाल " को रुपमा विकसित गर्न पर्यटन क्षेत्रमा विविध सामुदायिक पर्यटन योजनाहरु / कार्यक्रमहरु संचालन गर्ने गरी समग्र जनताहरुको यस्तर उठाउने प्रयास थालिएको थियो ।