शको कला र संस्कृतिलाई बाहयजगतमा परिचित गराउने तथा देशको सार्थक विकासमा योगदान गर्ने उद्देश्य राखी पूर्ण सरकारी स्वामित्वमा रहेको तारा गाउँ विकास समिति हाल एक नवीन र मौलिक दृष्टिकोण राखेर अन्तराष्ट्रिय पर्यटनको क्षेत्रमा अगाडि बढिरहेको छ।
तारा गाउँ सर्वप्रथम परिचित हुने अवसर मैले लगभग तिस वर्ष अघि पाएको थिएँ, जब यो आफूनो विकासको प्रथम चरणमा थियो । त्यस समय, उसका छुट्टा छुट्टै एक अर्काका नगीच बनाइएका १५/१६ अतिथिकक्षहरु थिए । विभिन्न भवनहरुमा देशका वास्तुकलाका दृष्टिबाट मौलिक र आकर्षक थिए । विभिन्न भवनहरुमा देशका विभिन्न भागका कला र संस्कृति झल्काउने किसिमबाट सजावट गरिएका थिए। सजावटमा धेरै जसो देश भित्र नै पाइने मालसामानहरु योग भएका देखिन्थे ,तापनि यी भवनमा रहेका कक्षहरु सबै आधुनिक सुविधायुक्त थिए । तारा गाउँमा काम गर्ने कर्मचारीहरुमा अन्य होटेलहरुमा कमै पाइने सौहारद्रता र सेवाभावना देखिन्थ्यो । यी सुखद्स्मितिहरु मेरो मनमा अझ ताजा नै छन् ।
त्यसपछि तारा गाउँले आफनो उद्देश्य अनुरुप प्रगति गर्दै गयो । नगरकोट, ककनी र पोखरामा पनि तारा गाउँका रिसोर्ट होटेलहरु खुले । यी होटेलहरुलाई बढी साधन सम्पन्न गराउने उदेश्यले हाल यिनमा स्थानीय जनता र निजी क्षेत्रलाई समेत सरिक गराई अघि बढ्ने उद्देश्य लिएको बुझिन आएको छ।तारा गाउँले पर्यटनकै माध्यमबाट ग्रामीण सामुदायिक विकासका धारणाहरुलाई समेत कार्यरूपमा परिणत गर्ने योजना गर्दैछ र यसका लागि विभिन्त एक दर्जन भन्दा बढी पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययनहरु पनि सम्पन्न गरिसकेको छ। यी सबै मौलिक र उपयोगी योजनाहरु हुन् ।
अन्तराष्ट्रिय पर्यटनको क्षेत्रमा तारा गाउँको सबभन्दा बढी महत्वपुर्ण र महत्वाकांक्षी योजना हो । निजि क्षेत्रको सहभागितामा ३०० कोठाहरु भएको एक अत्याधुनिक सुविधा सम्पन्न उच्चस्तरीय तारा गाउँ सास्कृतिक पर्यटन केन्द्रको स्थापित यस केन्द्र (होटल ) को जम्मा पुँजी लागत दुई अरब रुपैया भन्दा बढी छ । केन्द्रको व्यवस्थापन (Management) अन्तराष्ट्रिय होटेल-चेन अमेरिकाका हायात इन्टरनेशनलले गरिरहेको छ । यो केन्द्र चार वर्ष अघिदेखि नै संचालनमा आइसकेको छ ।
प्रारम्भमा साना पाइलाहरुबाट शुरु भएको तारा गाउँले आफ्नो विकासको मार्गमा आज जुन लामा फड्काहरु मारेको छ त्यसलाई अभुतपुर्व मान्नु पर्छ । तारा गाउँ सास्कृतिक पर्यटन केन्द्र योजना सरकारी क्षेत्र र निजी क्षेत्रको सहयोगको एक नौलो उदारण पनि हो र यो पूर्णरुपमा सफल भएपछी भविष्यमा सरकारी र निजी क्षेत्रको सहयोगको एक नौलो उदारण पनि हो र यो पूर्णरुपमा सफल भएपछि भविष्यमा सरकारी र निजि क्षेत्रको सहयोगका सम्भावानाहरु पनि अवश्य देखिने छन् ।
प्रारम्भमा रु.६८५० को नगण्य साधनबाट शुरु भएको तारा गाउँले आज करोडौंको सम्पत्ति जोडन सफल भएर आफूनो उत्कृष्ट लक्ष्यतर्फ अगाडि बढीरहेको छ । प्रारम्भमा तारा गाउँ विकास समितिसँग कुनै आर्थिक पूँजी नभएतापनि यसको प्रारम्भकर्ता र हाल अध्यक्ष्य श्रीमती अंगुरबाबा जोशिमा आफ्नो लक्ष्य पुरा गर्नका लागि अदम्य उत्साह र प्रतिबद्धताको भने अपार पुँजी थियो । आज तारागाउँ जुन रुपमा देखिएको छ, विगत चार दशकदेखिको श्रीमती जोशीको यो अदूट प्रतिबद्धताको फल हो । तारागाउँ आज मौलिकता र अथक प्रयासको पर्यायवाची भइसकेको छ । गर्न खोजे के हुन सक्दैन र भन्ने कुरा तारा गाउँले प्रष्ट देखाएको छ ।