logo/nepal_flag_wneddge.gif

मैले देखेको तारा गाउँ

मैले देखेको तारा गाउँ

मैले देखेको तारा गाउँ

तारा गाउँका विषयमा लेख्न बस्दा मलाई प्रेरणा गर्ने शक्ति भनेको यस संस्था र संस्थाका नेतृत्वले प्रदानगरेको सहिष्णु व्यवहार र उत्कट सहभागिता नै हो । मेरो अस्थायी पेशा, सरकारी नोकरी जीवनका केही अंश मैले यस संस्थाका लागि पनि समर्पण गर्नुपरेको सुअवसरलाई मैले मेरो भाग्य ठानेको छु। हुन त उद्योगरहित, अल्छी तथा भाग्यलाई मात्र प्राण मान्नेलाई लक्ष्मीले मन पराउँदिनन्‌ भन्छन्‌ । तर भाग्य यस मानेमा मलाई महत्वपूर्ण लाग्दछ, किनकि यसले संयोग जुटाइदिन्छ अल्छी नहुन र उद्यमशीलतातिर झुकाव बढाउन । वास्तवमा निश्छल, निःस्वार्थ र समर्पणको प्रतिविम्व हो तारा गाउँ । इमान्दारिता आदि यस संस्थाको निरन्तर नेतृत्वमा नहुँदो हो त तारा गाउँ सायदै जीवित रहन्थ्यो होला । सरकारी संयन्त्रभित्र निकै कम प्राथमिकताको क्षेत्रका रूपमा हेरिने यस संस्था अनाथै नभने पनि कम पोष्य सन्ततीको रूपमा जीवित रह्यो । त्यसैले स्वावलम्वन र आत्मनिर्भरता यसका लागि नभई नहुने आवश्यकता हुन पुगे । पश्चिमी मुलुकमा हाई स्कूल उत्तीर्ण भएदेखि नै आफनो व्यवस्था आफैँ गर्न बाध्य वयस्कहरु जस्तै हुन पुगेको हो तारा गाउँ ।

कसैको पनि जीवनमा अवसरहरु पटक पटक आउँदैनन्‌ र आएका अवसरहरुको सदुपयोग गर्न चुकियो भने सायद तत्क्षणका लागि लामो समय कुर्नुपर्ला वा आउँदै नआउन पनि सक्तछ । निकै लामो अभिलाषाको पूर्णाङ्क प्राप्तिका क्षणमा मैले आफूलाई पर्यटन विभागको महानिर्देशकमात्र होइन तारा गाउँकै संचालक समितिको सदस्य पनि हुने सौभाग्य प्राप्त गरेँ । बौद्ध स्थित ३०४ रोपनी जग्गामा नेपालकै सर्वोत्कृष्ट होटल निजी क्षेत्रको सहभागितामा निर्माण गर्ने सम्भवत: त्यस संस्थाको जटिलतम निर्णयका घडीमा मेरो सहभागिता रहयो । संभाव्यता अध्ययन, उक्त अध्ययनको विश्लेषण अनि नीतिगत निर्णय, नेपालीतन्त्रभित्रका सबै माखेसाङ्गलोहरूलाई चिर्दै निजी क्षेत्रसँग गर्ने हातेमालो, प्रस्ताव आव्हान, सहयात्री, निजी क्षेत्रको छनौट तथा तिनीहरुसँग गरिने सहमतिका प्रत्येक चरणमा मैले पनि सहभागी हुने मौका पाएँ । वीजारोपण र मलजल सेंचन गर्ने मौका मिल्यो, बाला झुल्दा आफू बाहिरिइसकेको भएतापनि गर्वै हुन्छ कि-साँच्चै राम्रो काम गरिएछ भनेर । मलाई नाइटिङ्गलको कथन याद आउँछ “काम योजनाबाट होइन संकल्पबाट गर्नु पर्दछ” । अहिले बौद्धको संरचना आफैं बोल्दछ - हो त्यही नै सही हो । रमागृहको माथिल्लो तलाको गोल कोठाको पर्खालभित्र कैयौँ घण्टा बिते ती प्रयासहरुलाई सफल बनाउन कति अपनत्व झल्कियो तारा गाउँभित्र नयाँ इतिहास कोर्न कति विचार विमर्श गरिए, सशंकित 'मनस्थितिलाई साम्य पार्न कति दरो भइयो इमान्दार निश्छल भई हस्तक्षेपलाई लत्याउन अनि कर्मशील इमान्दारितापूर्ण भविष्यको दिशा निर्देश गर्न । अंगूरबाबा दिदी, घनराज्यलक्ष्मीज्यू, निर्मला दिदी, स्व. प्रजापति प्रसाई, स्व. कृष्णप्रसाद पन्तज्यू अनि अन्य सहोदर मित्रहरू झल्झल्ती मेरो यादमा आउनुहुन्छ जसको एकजुटताको प्रतीक हो आजको हायात रिजेन्सी होटेल । विश्व प्रसिद्ध ओवेराय, केम्पिन्स्की अनि हायातहरु संलग्न बेग्ला बेग्लै प्रस्ताव अनि तिनीहरुसंग परोक्ष संलग्न रहेका सबैले नदेख्ने वा थाहा नपाउने र बहकाउन सक्ने. सम्पूर्ण कलामा निपुण नेपालीहरुको उपस्थितिले काठमाडौं उपत्यकाभित्रै कतै नमिल्ने ठूलो खाली उत्कृष्ट थलोमा डेढ. अरवको प्रोजेक्ट ल्याउन कति गाह्रो थियो होला । तर “अघिको. तीतो पछिको मीठो” भने झैँ तिक्तताहरु काँचुली फेरी गुलियोमा परिवर्तित भयो तारा गाउँको सपना । चाप्लुस हुन खोजेको होइन अंगूरबाबा दिदीलाई अन्तरंग देखिनै श्रद्धा गर्दछु । भगवान्‌ बुद्धले भनेझैँ “एउटा ठूलो चट्टान हावाले खलबलिन्न-एउटा बुद्धिमान्‌ मनुष्यको मन पनि प्रतिष्ठा वा निन्दाले खलबलिन्न” वहाँले धेरै आँधिबेहरीको सामना गर्नुपन्यो बौद्ध लगायत यत्रतत्रका तारा गाउँको सम्पत्ति जोगाउन । स्वार्थी र पापी चेतन मनको कमी, नेपालमा छैन र त्यस्ता मनोवृत्तिले कैयौं पटक तारा गाउँलाई प्रहार पनि गरेको छ । अविचलित चट्टानझौँ वहाँ नरहनु भएको भए सायद बौद्धमा निजी क्षेत्रको ठूलो अस्पताल वा संसद भवन नै बन्न सक्थ्यो कि? मैले छोडेपछि हाम्री बुढी दिदीलाई संसदमा कति निचोर्ने प्रयत्न गरे, जसले करिब ४० वर्षको संलग्नतामा कहिल्यै एउटा तुनाको धरोसम्म लिएन, तलब त परै जावस्‌, बैठक भत्ता समेत लिएन, स्वार्थलाई पूर्ण तिलाञ्जल दियो-तिनैले सशंकित नजर र सांसदका आलोच्य भाषाको। पनि सहन गर्नु पत्यो । यस क्षणमा त्यतिकै आदर गर्दछु म घनराज्यलक्ष्मीज्यू र निर्मला दिदीलाई जसले पनि त्यतिकै उचाइमा रहेर अंगूरबाबा दिदीलाई समेत पार लगाउनुभयो । खप्तड स्वामी ठीकै भन्नु हुन्छ “सारा संसारको शक्ति स्त्री जातिहरुद्वारा नै मिल्दछ” । लिङ्कनले भने झैं “सादा जीवनमा बाँच्ने व्यक्तित्व नै ईश्वरीय ममताको प्रथम योग्य हुन्छ” ।

“पञ्चायत कालभित्रको राजनीतिक द्वन्द, चलखेल, द्वाउपेच अनि महिला संगठनरूपी शुद्ध राजनैतिक चिन्तनमयी संस्थाभित्रबाट जन्म लिएको यस संस्थाले राजनीतिसंगै जीवन मरणको व्यथा व्यहोर्नु परेन | किन र कसरि परेन होला ? अझै जान्न सकिन्छ किनकि इतिहासका साक्षी अझै जीवितै हुनुहुन्छ । तत्कालीन श्री ५ बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहबाट दिईबक्सेको रु. ५०,००० /- बाट सेंचन गर्दै रमा राणाज्युबाट दिइएको रु. १,५०,०००/- समेत प्रयोग गरि श्री ५ को सरकारको २०२६ सालमा अधिग्रहण गरि दिएको बौधको जग्गा, श्री ५ बडामहारानी ऐश्वर्यबाट २०३१ सालमा उद्घाटन गरिबक्सेको त्यस वेलाको नवीनतम नेपाली उत्कृष्ट नमुनाको बौद्धको तारा गाउँ होटेल एवं २०५७ सालमा श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव सरकार बाट उद्घाटन गरिबक्सेको हायात रिजेन्सी स्वर्णिम स्मरण योग्य कालखण्ड हुन्‌ तारा गाउँका लागि । सत्तरी रुपैयाँभन्दा कम रकमबाट सुरु भएको यस संस्थाको उल्लेखनीय सहलगानीमा डेढ अरबको होटेल अहिले निर्मित छ | सरकारी संयन्त्रभित्रै अटाई व्यावसायिक क्षेत्रमा प्रवेश र आर्जित र कम बाट सामाजिक सेवामा सहभागिता सायद विश्वकै लागि अनुपम उदाहरण पनि हुन सक्तछ । यस संस्थाले मेरै जागिरे अवधिभित्रै लामाटार, ललितपुरमा रिसोर्ट खोल्ने प्रयास गर्यो, ककनी, नगरकोट तथा पोखरालाई समेत निजी क्षेत्रसँग मिली हायातको जस्तै व्यवस्थापन पुनरावृत्ति गर्न खोज्ने अनि उपत्यकाबाहिरका नयाँ क्षेत्रहरु तर्फ विस्तारित हुने उद्देश्य लिई अनुसन्धान गर्नमा पनि तल्लिन रहयो, तर उल्लेख्य प्रगति देख्न र सुन्न पाएको छैन । मलाई विश्वास छ-तारा गाउँभित्रको उत्साह र कर्जा अझै पनि घटेको छैन होला । पर्यटन क्षेत्रभित्र प॒सिसकेपछि सिमेन्टी वा अन्य सामग्री बेचेर कमाएको पैसाले मात्र पुग्दैन । यो कुरा वहाँहरु सबैलाई पूर्ण
थाहा छ। हिजोअस्तिमात्र देखेँ रमागृहको त्यस्तो नयाँसडकको केन्द्र विन्दुमा रहेको रेष्टुराँ पनि किन हो कुन्नि माथिल्लो तलामा सर्न बाध्य भएछ। आफूले कमाउन नसकेर हो वा अरुले दिएकोबाट सरल र निश्चित आयको प्रत्याभूति हुने भई तल्लो तलामा के के जाति व्यवसायीहरू आएछन्‌ | राम्रै होला - व्यवस्थापकीय निर्णय पक्कै पनि सुझबुझपूर्ण हुनुपर्दछ ।

शेक्सपियर अहिले जन्मिएका भए सायद तारा गाउँलाई देखेपछि लेख्न पर्दैन थियो होला “कुरा जस्तै काम गर, काम जस्तै कुरा” भनेर, किनकि “तारा गाउँ” को “सारा नाउँ” सर्वत्र छ जान्ने बुझनेका लागि । तारा गाउँ एउटा उपमा हो गुरु वशिष्ठका लागि समेत कि “संसाररूपी भण्डारमा पुरुषार्थद्वारा प्राप्त हुन नसक्ने कुनै रत्न नै छैन” ।
शुभकामना, अझ सुन्दर भविष्यको लागि ।

अस्तु